कुन बैंकले कति बोनस दिए, हेर्नुहोस् बोनसदर
२० कात्तिक २०७६, काठमाडौं –
धितोपत्र कारोवारका गठित नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत २७ वाणिज्य बैंकमध्ये हालसम्म १५ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन्, भने १२ वाणिज्य बैंकले लाभांस बाडन सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७५÷७६ को समाप्तिसँगै सो अवधिमा भएको कमाईबाट प्रतिफल स्वरुप आफ्ना सेयरधनीलाई नगद लाभांश र बोनस शेयर वितरण गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने सर्वसाधारणका लागि सेयर जारी नगरेका कारण नेप्सेमा सुचीकृत छैन् र लाभांस वितरण गर्नुपर्दैन् । वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया, सिटिजन्स र कुमारीले दशै अगाडि नै साधारणसभामाबाट लाभांश पारित गरी सेयरधनीका खातामा पठाइसकेका छन् भने बैंक अफ काठमाण्डू, सानिमा बैंक र माछापुच्छे बैंकले पनि साधारणसभाबाट लाभांश पारित गरी सेयरधनीलाई वितरण गरेका छन् । अन्य बैंकले पनि बोनस वितरणमा चासो देखाएका छन् । हेरै कुन बैंकले कति बोनस दिएकाछन् ।
प्रतिकृया दिनुहोस्