साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले गिरावट
काठमाडौं—साताको दोस्रो दिन सेयर बजारमा झिनो गिरावट आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२४ अंकले घटेर एक हजार एक सय ३१.१२ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि ०.५३ अंकले घटेर २४८.६० अंकमा पुगेको हो । यस दिन बजारमा १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता सेयर ३५ करोड ६८ लाख ६१ हजार ८५७ रुपैयाँमा कारोबार भए ।
आज बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये आठ समूह उकालो लागे भने चार समूह ओरालो झरे । उकालो लाग्नेमा ट्रेडिङ समूह सर्वाधिक ३१.८३ अंकले उकालो लाग्यो भने उत्पादनमुलक समूह सर्वाधिक ३८.९१ अंकले ओरालो झर्यो ।साताको दोस्रो दिन बजारमा नविल बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर आठ करोड ३९ लाख ६३ हजार ९९ रुपैयाँमा कारोबार भएको हो । यसदिन नेपाल ट्रेडिङका लगानीकर्ताले सर्वाधिक ९.९३ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ५.४० प्रतिशत सेयर मूल्य गुमाए ।
प्रतिकृया दिनुहोस्