January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

एक अर्ब २७ करोडको सेयर कारोबार

एक अर्ब २७ करोडको सेयर कारोबार

२३ मंसिर, २०७६, काठमाण्डौ । गत साता १ अर्ब २७ करोडको सेयर कारोबार भएको छ । गत साता सेयर कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले गति लिएको थियो ।
साताभर कुल १ सय ७२ कम्पनीको सेयर कारोबार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कुल ४५ लाख ६७ हजार ८ सय ५९ कित्ता सेयर एक अर्ब २७ करोड २४ लाख २९ हजार ५ सय ३७ मूल्य बराबरको कारोबार भयो । साताको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखियो ।
नेप्से स्थिर रहँदा कारोबार रकम पनि सस्तैमा समेटियो । कुल १ सय ६१ कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता सेयर २० करोड ६३ लाख १४ हजार ३ सय २३ मा कारोबार भए । सोमबार नेप्से परिसूचक सामान्य अंकले घट्यो । कुल १६४ कम्पनीका ८ लाख २६ हजार ३ सय ६८ कित्ता सेयर २३ करोड २२ लाख ५९ हजार ३ सय ३१ मा खरिदबिक्री भए ।
मंगलबार नेप्से परिसूचक ३.७५ अंकले वृद्धि भई १ हजार ११५.७४ पुग्यो । कुल १ सय ७२ कम्पनीका १० लाख १० हजार ९ सय ९१ कित्ता सेयर २६ करोड ६८ लाख १ हजार ५ सय ५८ मा खरिदबिक्री भए । बुधबार नेप्से परिसूचक ८.७३ अंकले बढेर १ हजार १ सय २४.४७ मा पुग्यो । कुल १ सय ६९ कम्पनीका ९ लाख ९० हजार २ सय ७४ कित्ता सेयर ३० करोड ८२ लाख १४ हजार ४ सय ६५ मा खरिदबिक्री भए ।
साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झन्डै साढे सात अंकले वृद्धि भयो । त्यसदिन नेप्से ७.४५ अंकले बढेर १ हजार १ सय ३१.९२ मा पुग्यो । परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भयो । कुल १ सय ६८ कम्पनीका १० लाख ९५ हजार १ सय ८८ कित्ता सेयर ३५ करोड ८८ लाख ३९ हजार ८ सय ६० मा खरिदबिक्री भए ।
साताभर नेप्सेमा विभिन्न ६ कम्पनीका सेयर सूचीकृत भए । त्यसमा मुक्तिनाथ विकास बैंक, माछापुच्छे« बैंक, नागरिक लगानी कोष, एनएमबी ५०, माछापुच्छे« बैंकको ऋणपत्र र एनआईसी एसिया बैंकको ऋणपत्र सूचीकृत भए ।

Advertisement