January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

बैंक जावलाखेल युवा क्लबको मुख्य प्रायोजक

बैंक जावलाखेल युवा क्लबको मुख्य प्रायोजक


सोमबार ३० मंसिर २०७६
काठमाडौं – प्रभु बैंक ललितपुर महानगरपालिका–१३, जावलाखेलस्थित जावलाखेल युवा क्लबको मुख्य प्रायोजक बन्ने भएको छ । क्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ बोर्ड र डिस्प्ले बोर्ड लगाई बैंकले आफ्ना विज्ञापन सामग्री प्रचारप्रसार गर्नेछ । साथै, क्लबका सम्पूर्ण खेलाडीले खेलमा प्रभु बैंक लेखेको जर्सी लगाउनेछन् । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले आइतवार हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले क्लबलाई दुई किस्ता गरी नगद रू. २५ लाख उपलब्ध गराउनेछ । उक्त क्लबको आधिकारिक बैंकका रूपमा प्रभु बैंक रहनेछ र क्लबले भाग लिने सम्पूर्ण खेलकुदसम्बन्धी प्रतियोगितामा क्लबले ‘प्रभु बैंक लि. जावलाखेल युवा क्लब’को नामबाट सहभागी हुनेछ ।

Advertisement