October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

शेयर कारोबार निषेधाज्ञा अवधिभर विद्युतीय माध्यमबाट गर्नुपर्ने

शेयर कारोबार निषेधाज्ञा अवधिभर विद्युतीय माध्यमबाट गर्नुपर्ने

ब्रोकरमार्फत हुने शेयर कारोबार निषेधाज्ञा अवधिमा विद्युतीय माध्यमबाट गर्नुपर्ने भएको छ । सरकारले बिहीवारदेखि अत्यावश्यक सेवा बाहेकको आवागमन निषेध गरेकाले स्टक ब्रोकर्स एसोसिएसनले पनि सबै कारोवार अनलाइन मार्फत गर्न भनेको हो । बुधबार सूचना जारी गर्दै निषेधाज्ञा अवधिभर सबै कारोबार विद्युतीय माध्यमबाट गरिने जनाएको हो । एसोसिएसनले निषेधाज्ञाको अवधिमा लगानीकर्ताले कारोबार कसरी गर्ने भन्नेमा प्रष्ट भएर मात्र कारोबार गर्न आग्रह छ ।

Advertisement