October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

निषेधाज्ञाको दिन नेप्से २५.८३ अंकले वृद्धि, ४ अर्ब ३५ करोडको कारोबार

निषेधाज्ञाको दिन नेप्से २५.८३ अंकले वृद्धि, ४ अर्ब ३५  करोडको कारोबार

काठमाडौं उपत्यकासहित देशका ठूला सहरमा बिहीबारदेखि लागु भएको निषेधाज्ञाका बीच पनि साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से परिसूचक २५.८२ अंकले वृद्धि हुँदा २६११.११ अंकमा बन्द भएको छ । यो कुल बजार १ प्रतिशतले बढेको हो ।

Advertisement

कोभिड–१९ को नयाँ भेरियन्टले समग्र क्षेत्र प्रभावित भएको र काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागुु भए पनि सेयर बजार भने सकारात्मक भएको हो । निषेधाज्ञासँगै बजारमा लगानकर्ता निस्क्रिय बन्दै जाँदा कारोबार रकम भने घट्दै गएको छ । यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ । 

Advertisement

साताको पहिलो दुई कारोबार दिनमा नै १४२ अंकले घटेको नेप्सेमा मंगलबार ९२ अंकले बाउन्स ब्याक भयो । तर, बुधबार पुनः १३ अंकले गिरावाट भएको नेप्सेमा आज बिहीबार १ प्रतिशतले वृद्धि हुँदा २६०० अंकको विन्दु पार भएर बन्द भएको छ ।

आज नेप्सेमा होटेल तथा पर्यटन उपसूचकमा ०.५३ प्रतिशतको गिरावट भएको छ । हाइडोपावर उपसूूचक सर्वाधिक २.९ प्रतिशत, अन्य उपसूचक २.८ प्रतिशत र व्यापार उपसूचक २.६६ प्रतिशतले वृद्धि भयो । यस्तै, उत्पादन उपसूचक १.८७ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.४५ प्रतिशतले बढेको छ ।

आज कारोबार रकममा भने एनसीसी बैंकले लिड गरेको छ । खरिदबिक्री रकममा ३० करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा छ । दोस्रोमा शिवम् र तेस्रोमा हिमालय पावर पार्टनर परेका छन ।

सिंगटी हाइड्रो इनर्जीको सेयर सर्किट लाग्ने गरी बढेको हो । यसको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । दोस्रो महिला लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।