January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ६ अर्ब १४ करोडको कारोबार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ६ अर्ब १४ करोडको कारोबार

वैशाख २६, काठमाडौं ।
साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३१ अंकले घटेको छ ।

नेप्सेमा सबै उपसूचकमा गिरावट हुँदा परिसूचक पनि ओरालो लागेको हो । कारोबार रकम भने ६ अर्ब माथि पुगेको छ । दुई सय १९ कम्पनीका एक करोड २७ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा कारोबार भएका छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.०२ प्रतिशतको सामान्य करेक्सन भएपनि लघुवित्त उपसूचकमा १.७८ प्रतिशत, उत्पादन उपसूचक १.६१ प्रतिशत, व्यापार उपसूचक १.५९ प्रतिशत, अन्य उपसूचक १.३६ प्रतिशत, हाइड्रोपावर उपसूचक १.३१ प्रतिशत र होटेल तथा पर्यटन उपसूचकमा १.२८ प्रतिशतको करेसन भएको छ ।आज व्यापार समूहको शेयर ६१ अङ्कले घटेको छ ।

महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो र युनियन हाइड्रो कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समता घरेलु लघुवित्त र रुरु हाइड्रोको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । आइतबार एनसीसी बैंकको सवार्धिक २८ करोड ८६ लाख ५२ हजार र कुमारी बैंकको २८ करोड ३४ लाख ५५ हजारको कारोबार भएको छ ।

Advertisement