April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

समृद्धि फाइनान्सको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा

समृद्धि फाइनान्सको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा

जेठ २५, काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले गत मंसिर १० गतेदेखि १७ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेकोमा १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयरका लागि आवेदन नपरेकाले लिलामीमार्फत विक्री गर्न लागेको जानकारी दिएको छ ।

उक्त शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Advertisement