August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

काठमाडौँ । नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । भर्चुअल माध्यमबाट आज सम्पन्न विशेष साधारण सभाबाट उक्त प्रस्ताव पारित गरेको हो । यो सँगै देशकै सबैभन्दा ठूलो र सवल वित्तीय संस्थाको रुपमा रहेको नविल बैंकसँग यूनाइटेड फाइनान्स बिलय हुने छ ।

नविल र यूनाइटेड फाइनान्सले शनिवार जारी प्राप्ति प्रक्रिया टुंग्याउने उद्देश्यले विशेष साधारणसभा आह्वान गरेका थिए । दुवैको साधारणसभाले गाभ्ने गाभिने सम्बन्धी अजेण्डा पारित भएको छ । यूनाइटेडको पनि आजै सम्पन्न विशेष साधारण सभाले नबिलले गर्न लागेको प्राप्तिको प्रस्तावलाई पारित गरेको छ ।

दुई संस्थाको मर्जर तथा प्राप्ती प्रकृयाका लागि यसअघि नै प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन अनुसार फाइनान्सको १०० कित्ता शेयर हुनेले बैंकको ३५ कित्ता शेयर हुन आएको छ । सो स्वाप रेसियो सम्बन्धी प्रस्ताव समेत विशेष साधारण सभाबाट पारित भएको छ ।