January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

चैतारी लघुवित्तसँग गाभियो आरम्भ लघुवित्त

चैतारी लघुवित्तसँग गाभियो आरम्भ लघुवित्त

पौष १०, काठमाडौं
आरम्भ लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको ७ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. २ लाख ३३ हजार ५३ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । भाले आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभिनका लागि दुवै संस्थाको सम्पत्ति दायित्व र कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा स्वाप रेशियो १ बराबर १ पारित गरी मर्जरलाई स्वीकृति समेत प्रदान गरेको छ । दुई लघुवित्त गाभिएपश्चात् बन्ने कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड रहनेछ । मर्जरपछि कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकतर्फ ६३ दशमलव ६६ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव ३४ रहने छ ।

Advertisement