August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक शेयर लिलामीमा

फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक शेयर लिलामीमा

 

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर आइतबारदेखि लिलामीमा बिक्री खुल्ला भएको छ ।
शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि उक्त सेयर संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य ३४५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको उक्त संस्थापक शेयरमा लगानीकर्ताले साउन १७ गते बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।