September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

बरुण हाइड्रोपावरको नाफ ३६% ले वृद्धि

बरुण हाइड्रोपावरको नाफ ३६% ले वृद्धि

पुस १२, काठमाडौं
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बरुण हाइड्रोपावर कम्पनीले रू. १ करोड ५८ लाख नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३६ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. १ करोड १५ लाख नाफा कमाएको थियो । प्रतिशेयर आम्दानी रू. १० दशमलव ०७, मूल्य आम्दानी अनुपात ८ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ०७ छ । दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८१ मा कारोबार भएको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. २५ करोड ५१ लाख छ । रिजर्भ कोषमा रू. २ करोड ५६ लाख छुट्याएको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमासका कम्पनीले विद्युत विक्री बापत रू. ३ करोड २४ लाख आम्दानी गरेको छ ।

Advertisement