September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

साउन १७, काठमाडौं ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । आइतवार कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।अव कम्पनीको शेयर सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीको शेयर एमकेएलबी स्टककोडबाट सूचीकृत भएको हो ।

Advertisement

पहिलो कारोबारको लागि नेप्सेले रू.११०.५२ देखि ३३२.५२ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ  । कम्पनीले आईपीओको बाँडफाँट गत असार २८ गते गरेको थियो । १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदकहरुमध्ये गोलाप्रथाको माध्यमबाट ३६ हजार ३४९ जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।

कम्पनीले पहिलो चरणमा बाँफाँट गरी बाँकी रहेको दुई कित्ता शेयरमध्ये २० कित्ता भन्दा बढी माथ गर्ने दुई जना आवेदकलाई गोलाप्रथाबाट थप एक एक कित्ताका दरले शेयर बाँडफाँट गरेको हो ।