आज नेप्सेमा १ करोड ४६ लाख २५ हजार ४१७.९२ कित्ता बोनस सेयर सूचीकृत, कुन कम्पनिको कति ?
पुस २३, काठमाडौं
नेपाल स्टक एक्सचेन्जमा बुधबार ग्लोबल आईएमई ,नेसनल लाइफ इन्सुरेन्स , अपि पावर कम्पनी गरि १ करोड ४६ लाख २५ हजार ४१७.९२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
ग्लोबल आइएमई बैंकले आर्थिक बर्ष २०७५।७६ को मु–नाफा बाट १२.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर बाट नेपाल स्टक एक्सचेन्जमा सबै भन्दा बढि ग्लोबल आइएमई बैंकको १ करोड ३३ लाख ६ हजार ५५७.७९ कित्ता बोनस सेयर रहेको छ ।
अपि पावर कम्पनीले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट ५५ बोनस सेयर वितरण गरेको थियोे । उक्त बोनस सेयर बाट ५ लाख ६७ हजार कित्ता बोनस सेयर सूचीकरण भएको छ ।
नेसनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट २.५५ बोनस वितरण गरेको थियो । उक्त बोनस सेयर बाट ७ लाख ५१ हजार ८६०.१३ कित्ता बोनस सेयर सूचीकरण भएको हो ।
प्रतिकृया दिनुहोस्