डिप्रोक्स लघुवित्तको बार्षिक साधारणसभा माघ २६ गते , बुक क्लोज कहिले ?
पुस २३, काठमाडौं ।
डिप्रोक्स लघुवित्तको संस्थाको १८ औं वार्षिक साधारणसभा यहि माघ २६ गते बोलाइएको छ । कर्पाेरेट कार्यालय काठमाडौं स्थापना गर्ने भन्ने विषयमा छलफल हुनेछ ।
आर्थिक बर्ष २०७५ । ७६ को मु–नाफा ३०% बोनस सेयर र कर प्रयोजन सहित १५% लांभास गरि जम्मा ४५% बोनस सेयर प्रस्ताब गर्नेछ ।
डिप्रोक्सले २३ करोड २० लाख २३ हजार १३२ रुपैयाँ बराबरको बोनस सेयर , ११ करोड ६० लाख ११ हजार ५६६ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । साधारण सभा भरतपुर गार्डेन रिर्सोटमा ११ गर्ने भएको छ ।
मर्जरको पहल संगै बैठक भत्ता तथा सुविधाको बारेमा छलफल गरि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।
२०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । माघ १३ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्दैछ । अधिकृत पुँजी वृद्धि गरी २ अर्ब रुपैयाँ पुर्याउनका लागि स्वीकृति लिने प्रस्ताव पनि हुनेछ ।
प्रतिकृया दिनुहोस्