नेप्सेमा उत्साह कायमै, १ अर्ब ७० करोड बढीको कारोबार
पुस २८ , काठमाडौं ।
धितोपत्र बजारमा सोमबार डेढ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । दोहोरो अंकले उकालो लागेको धितोपत्र बजारमा सोमबार १ अर्ब ७० करोड ५० लाख ६० हजार रुपैयाँ बढीको कारोबार भएको छ । बजार परिसूचक नेप्से पनि १५ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७० दशमलव ८६ बिन्दुमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ३७ करोड रुपैयाँले वृद्धि भएको छ । ४२ दशमलव ६१ अंकले उकालो लागेको नेप्सेमा हिजो १ अर्ब ३३ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । कारोबार भएका उत्पादन मूलक र लघुवित्त बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबै भन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ५२ दशमलव २७ अंकले बढेको छ ।
यस्तै, जलविद्युतको ४८ दशमलव ७, निर्जीवन बीमाको ३९ दशमलव १ र व्यापार कम्पनी समूहको उपसूचक २५ दशमलव १६ अंकले बढेको छ । नेप्सेमा आज कुल १ सय ८३ कम्पनीका १९ हजार ३ सय ५० कारोबारबाट ५५ लाख १८ हजार ६ सय ३६ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
प्रतिकृया दिनुहोस्