April 21, 2025, Monday
[nepali_today_date]

स्थानीय र सर्वसाधारणलाई एकै पटक शेयर

जलविद्युत कम्पनीले स्थानीय प्रभावित क्षेत्र र सर्वसाधारणलाइ एकै पटक साधारण शेयर निष्कासन गर्ने पाउने भएका छन् । अबदेखि कम्पनीहरूले एकै पटक शेयर निष्कासन गर्न सक्ने छन् । यस अघि कम्पनीहरूले स्थानीय र प्रभावितलाई छुट्टाछुट्टै शेयर निष्कासन गर्नुपर्ने व्यवस्था थियो । विद्युत् नियमन आयोगलले जारी गरेको ‘विद्युत् सम्बन्धी कम्पनीको सेयर सार्वजनिक निष्कासन सम्बन्धी निर्देशिका, २०७६’ मा यस्तो व्यवस्था गरेसँगै दुबैलाई एकै चोटी शेयर निष्कासन गर्न पाउँने भएको हो । कम्पनीले साधारण शेयर निष्कासन गरेको दुई वर्ष पछि मात्रै हकप्रद वा थप सार्वजनिक निष्कासन गर्न पाउने छ । तर कम्पनीले दोस्रो कम्पनीको शेयर खरिद गर्न वा संस्थाको ऋण तिर्न हकप्रद वा थप सार्वजनिक निष्कासन गर्न निर्देशिकाले बन्देज गरेको छ । आयोगले जारी गरेको निर्देशिका अनुसार अब जलविद्युत कम्पनीले प्राथमिक शेयर, थप निष्कासन र हकप्रद निष्कासन गर्नुपूर्व विद्युत् नियमन आयोगबाट स्वीकृति लिनुपर्नेछ । यसैगरी ५० प्रतिशत काम सकिएपछि मात्रै कम्पनीले शेयर निष्कासन गर्न पाउनेछन् । संस्थापकले कबोल गरेको सबै शेयरको रकम चुक्ता भएपछि मात्रै शेयर निष्कासनको अनुमति प्राप्त गर्न सक्नेछन ।

Advertisement