May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

नेसनल माइक्रोफाइनान्सको ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

नेसनल माइक्रोफाइनान्सको ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले वैशाख २९ गते बाट ७९ हजार ८७३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । शेयरको न्यनतम मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

Advertisement

उक्त शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूणर् कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

Advertisement

 

शेयर खरिद आवेदनका लागि अन्तिम म्याद असार १ गतेसम्म तोकिएको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबीएल एस लाजिम्पाट, काठमाडौँमा आवेदन दिनु पर्नेछ ।