May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

शेयर बजार एकैचोटी मंगलबार खुल्ने 

शेयर बजार  एकैचोटी मंगलबार खुल्ने 

शेयर बजार अब जेठ ३ गते मंगलबार खुल्ने भएको छ । शुक्रबारदेखि आउँदो सोमबारसम्म सार्वजनिक बिदा परेको हुँदा बजार बन्द हुने भएको हो ।

नेपाल सरकारले शुक्रवार निर्वाचनका लागि सार्वजिनक बिदा दिइएको छ । तथापि शुक्रबार शेयर बजार बन्द नै हुने गर्छ । बैशाख ३१ गते शनिवार परेको छ । जेठ १ गते आईतबार पनि सार्वजनिक विदा दिने घोषणा गरेको हो । त्यस्तै, जेठ २ गते सोमबार बुद्ध जयन्ती परेको कारण सार्वजनिक विदा सरकारले दिएको छ । लगातार ४ दिन सार्वजनिक विदा भएकाले शेयर बजार बन्द हुने भएको हो ।

Advertisement