बजार ८.८७ अंकले घटेर २,०२८.७७ बिन्दुमा, एक अर्ब ४५ करोडको कारोवार
साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार घटेको छ । शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घटेर १ हजार २८.७७ विन्दुमा पुगेको छ । आज जम्मा दुई घण्टा बजार खुल्दा २२१ किसिमका धितोपत्र तथा ऋणपत्रको ३६ लाख ६३ हजार २२० सेयर किनबेच भएको छ । कारोबार रकम भने एक अर्ब ४५ करोड ९३ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
आजको कारोबारमा आँधिखोला लघुवित्त र सीवाईसी लघुवित्तका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन् । अन्य लगानीकर्ताले भने कम कमाएका छन् । गुमाउनेले भने ४.७७ प्रतिशतसम्म गुमाएका छन् । आज शिवम् सिमेन्टको सर्वाधिक साढे ५ करोडको सेयर किनबेच भएको छ । कारोबारका आधारमा शिभम् सिमेन्ट अग्रस्थानमा रहेको छ । यस कम्पनीको ५ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ७ सय ६८ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश ः एशियन लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बिमा कम्पनीको कारोबार भएको छ ।
शुक्रबारको कारोबारमा १३ वटै उपसूचकमा फाइनान्स, माइक्रोफाइनान्स र व्यापार उपसुचक बढेको छ भने बाँकि सबै उपसूचक घटेको छ । आजको कारोबारमा दुई कम्पनीका सेयरधनीले अधिकतम कमाएका छन् । आधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, स्टाण्डर्ड चार्टर बैंक र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले अधिकतम गुमाएको छ ।
प्रतिकृया दिनुहोस्