January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

नेप्सेमा उत्साह कायमैः कारोबार, संख्या र रकमको कीर्तिमान कायम गर्दे ३६.०५ को उछाल


फागुन १५, काठमाडौं ।
सुरुवातमा घटेको सेयर बजार अन्ततः ३६ अंकको फराकिलो छलाङ मारेर बन्द भएको छ । बजार सुरुमा दोहोरो अंकले झरेको भएपनि अन्तमा नयाँ रेकर्ड नै बनाएको छ । देशको सेयर बजारले अघिल्लो दिन कायम तीनवटै कीर्तिमानको रेकर्ड ब्रेक गर्दै साताको अन्तिम दिन बिहीबार नयाँ रेकर्ड बनेको हो । यो दिन हालसम्मकै सर्वाधिक कारोबार रकम, सर्वाधिक कारोबार संख्या र सर्वाधिक सेयर संख्याको किनबेचको कीर्तिमान कायम भएको हो ।
नेप्से परिसूचक ३६.०५ को उछालको गतिमा दौडिएर १६३२.१७ को विन्दूमा पुगेको यो दिन हालसम्मकै सर्वा्धिक ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २५१ रुपैयाँ बराबरको कारोबार भयो । नेपालको इतिहासमै एकैदिन यति ठूलो रकमको सेयर किनबेच भएको थिएन । यो दिन हालसम्मकै सर्वाधिक ३५ हजार ४६७ वटा कारोबारको अर्को कीर्तिमान हो । नेपालको इतिहासमै पहिलोपटक बिहीबार बजारमा १ करोड बढी कित्ता सेयर किनबेच भयो । यो दिन १ करोड ८ लाख ५९ हजार ६५६ कित्ता सेयरको किनबेच भएको हो । बजारमा कुल १८० कम्पनीको कारोबार भएकोमा १० वटा कम्पनीको किनबेच १० करोडमाथि छ । नेपाल लाइफको बुधबार २१ करोड ९९ लाखको सेयर किनबेच भएकोमा आज २८ करोड ९२ लाख रुपैयाँको किनबेच भएको छ । एनआइसी एसियाको २० करोड ५९ लाख रुपैयाँको किनबेच भएको छ ।

Advertisement