April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

शेयर बजार दोहोरो अंकले वृद्धि, कारोवार १ अर्ब ३२ करोड २९ लाख रुपैयाँ

शेयर बजार दोहोरो अंकले वृद्धि, कारोवार १ अर्ब ३२ करोड २९ लाख रुपैयाँ

साताको अन्तिम दिन बिहीवार कारोवार नेप्से परिसूचक ११.२२ अंकले वृद्धि भएको छ । आज नेप्से ०.५८ प्रतिशतले बदेर १९६१.०६ विन्दुमा पुगेको बन्द भएको हो ।

दुई सय ४१ वटा कम्पनीको ३८ लाख ६५ हजार कित्ता शेयर १ अर्ब ३२ करोड २९ लाख रुपैयाँमा कारोवार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

नेप्से परिसूचक बढेको दिन धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत र श्वेत गंगा हाइड्रो कम्पनीको शेयर ९प्रतिशतले बढेको छ । आज होटल र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज कारोबार रकम पनि उकालो लागेको छ ।

Advertisement