अर्थमन्त्रीले दोस्रोपल्ट शपथ ग्रहण गरेको दिन सेयर बजार भने ओरालो
फागुन २१, काठमाडौं ।
अर्थमन्त्री डा युवराज खतिवडाले देस्रो कार्यकालको लागि शपथग्रहण गरिरहेको समय सेयर बजार सुचक नेप्से भने ओरालो लागेको छ । यसैलाई आधार मानेर कतिपयले बजार घट्नुको कारण खतिवडा दोहोरिनु भन्दै आएका छन् । बजार घटबडको कारण धेरै भएप्नि कतिपयले भने अर्थमन्त्रीलाई नै मुख्य दोषी ठान्ने गरेका छन् ।
सेयर बिक्रीको चाप बढेपछि बाँकी लगानीकर्ता पनि त्यसैको पछाडि दौडिएका कारण सूचक फराकिलो अन्तरले घटेको देखिन्छ । कतिपय ठूला लगानीकर्ता नाफा बुक गर्न थालेका छन् । त्यसको असर पनि बजारमा परेको देखिन्छ ।
अघिल्लो दिन १४ अंकले बढेको सेयर बजारमा बुधबार पहिरो गएको छ । १५११ अंकबाट सुरु भएको सेयर सूचक १४४० अंकसम्म आएको छ । आज ६८.४७ अंकले सूचक झरेको छ । सूचक ४.५४ प्रतिशतले घट्दा १४४१ अंकमा बन्द भएको छ । बजार सुरुबाटै घट्न थालेको थियो । बजार घट्दै जाँदा दिनभरीमा १७४ कम्पनीका २ अर्ब ९० करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भने भएको छ ।
जीवन बीमा कम्पनी सूचक ४५७ र निर्जवन बीमा कम्पनी सूचक ४०७ अंकले घटेको छ । लघुवित्त सूचक १४८ अंकले झरेको छ भने बाणिज्य बैंकको सूचक ६१ अंकले ओरालो लागेको छ ।
बजारमा नेपाल लाइफको २६ करोड ६६ लाख, एनएमबि बैंकको १३ करोड ८९ लाख, हिमालयन डिस्टिलरीको १३ करोड २२ लाख, एनआइसी एसिया बैंक १३ करोड र गुँरास लाइफ १० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिकृया दिनुहोस्