January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

सेयर कारोबार अवधि १ घण्टा थपियो

२९ फागुन, काठमाडौं ।
सेयर कारोबार हुने बजारको समयावधि थपिने भएको छ । आगामी आइतबारबाट सेयर कारोबार हुने दोश्रो बजारको अवधि एक घण्टा बढाएर पाँच घण्टा बढाउन लागिएको हो ।
अब कारोबार हुने बजारको समयावधि आइतबारदेखि बिहान १०ः३० बजे बाट सुरु भएर ३ः३० मा कारोबार बन्द हुनेछ ।
हाल दोश्रो बजारमा सेयरको कारोबार अवधि प्रत्येक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि कारोबार खुलेर दिउँसो ३ बजे बन्द हुने गरेको छ ।
दोश्रो बजारको कारोबार समय थपिएपछि बजारको विकास र विस्तारमा थप टेवा पुग्ने बोर्डको विश्वास छ ।

Advertisement