May 15, 2025, Thursday
२०८२ जेष्ठ २

शेयर कारोबार आजदेखि दैनिक ५ घण्टा

२ चैंत, काठमाडौं

Advertisement

आजदेखि दैनिक ५ घण्टा शेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले चैत २ गतेदेखि लागु हुनेगरी कारोबार समय १ घण्टा बढाएको हो ।

Advertisement

धितोपत्र बोर्डले बोर्डले केहि दिन अधिमात्र शेयर बजारको कारोबार सयम वृद्धि सम्बन्धी पत्र नेप्सेमा पठाएर नेप्सेको राय मागेको थियो । नेप्सेको रायपछि बोर्डले निर्देशन दिदै अर्को व्यवस्था नभएसम्मका लागि परिक्षणका रुपमा पाँच घण्टा शेयर कारोबार गर्न लागिएको नेप्सेले जनाएको छ । 

पहिले शेयर बजार दैनिक ३ घण्टा खुल्थ्यो । १२ बजेदेखि ३ बजेसम्म खुल्ने बजारलाई २०७३ साउनदेखि दैनिक ४ घण्टा बनाइएको थियो । त्योबेला कारोबार खुल्ने समयलाई १ घण्टा अघि सारिएको थियो । अहिले कारोबार भने कारोबार बन्द हुने समयलाई १ घण्टा पछि सारिएको हो ।