January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

नेपाल पुनर्बिमा कम्पनीको १ अर्ब ६० करोडको आईपीओमा आवेदन खुला

०४ चैत, काठमाण्डौ ।
नेपाल पुनर्बिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबराको १ करोड ६० लाख कित्ता आईपीओका लागि आज बिहान १० बजे देखी आवेदन खुला गरेको छ । यसअघि गत कात्तिकमा शिवश्री हाइड्रोपावरको सेयर निष्काशन भएयता कुनै आईपीओ खुला भएको थिएन ।
यो कम्पनीले चुक्तापूँजीको १६ प्रतिशतबराबरको साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुलाउन लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशित १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
जम्मा आईपीओ मध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई, ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणलाई बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।
आबेदन दिने अन्तिम म्याद छिटोमा चैत ७ गते र ढिलोमा चैत १८ गते हुनेछ ।
यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ प्रदान गरेको छ । ग्रेड २ रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको जनाउँछ ।
गत आर्थिक वर्षमा सो कम्पनीले ५ अर्ब ५२ करोड रुपैयाँको खुद बिमा शुल्क आर्जन गरेको थियो । त्यसमध्ये निर्जीवन बिमा व्यवसाय बाट ५ अर्ब १२ करोड र जिवन बिमा व्यवसाय बाट ४० करोड रूपैयाँ रहेको सो कम्पनीले जारी गरेको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Advertisement