May 15, 2025, Thursday
२०८२ जेष्ठ २

ट्राफिक महाशाखाद्धारा मापसे लगायतका जाँच स्थगित

चैत ७, काठमाडौं ।
ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर मापसे जाँच रोकिएको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।
ट्राफिक महाशाखाले दैनिक रूपमा हुदैँ आएको मापसेलगायत अन्य चेकिङहरू अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने तर चेकिङ गर्नुपर्ने अवस्थामा अस्पतालमा लगेर परीक्षण गरिने व्यवस्था मिलाइएको जनाएको छ ।


यस विषम परिस्थितिमा सम्पूर्ण सवारी चालकहरूलाई मापसेलगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाइदिन महाशाखाले विशेष अनुरोध गरेको छ । त्यस्तै ट्राफिकले मापसे गरेर जरिवानामा परेका लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।


महाशाखाका प्रमुख ढकालले भने, ‘मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिदै आएको सचेतना कक्षा हाललाई स्थगित गरिएको छ । ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।

Advertisement