प्रधानमन्त्री केपी ओलीको देशबासीलाई संबोधनः लामो दुरीका साधन देखि हवाई सेवा समेतमा रोक
चैत ०७, काठमाडौं ।
सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलील लामो दुरीका सार्वजनिक सवारी साधन संचालनमा रोक लगाएका हुन् । सरकारले चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित गरेको छ । त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ ।
अत्यावश्यक काम बाहेक सकेसम्म घरमै बस्न पनि प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आग्रह गरे । उनले सरकारी र निजी क्षेत्रलाई अत्यावश्यक कामबाहेक विद्युतीय माध्यमबाट गर्न मिल्ने काम घरबाटै काम गर्न पनि आग्रह गरे । संक्रमति मुलुकबाट आएकाहरु क्वारेन्टाइनमा बस्न पनि प्रधानमन्त्रीको आग्रह थियो ।
ओलीले नेपालमा हालसम्म कोरोनाभाइरसको महामारीको प्रभाव नदेखिएपनि जोखिमबाट ढुक्क हुने अवस्था नरहेको बताएका छन् । ओलीले कोरोनभाइरसको संक्रमणको जोखिमका बीच नेपाली जनताले आफ्नो व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी रहेको बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘यसले केही असजता ल्याउन सक्छ । तर, सम्भावित जोखिमलाई परास्त गर्नुको विकल्प छैन ।’
प्रधानमन्त्री ओलीले जनतालाई सरसफाइमा ध्यान दिन, हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह पनि आग्रह गरेका छन् । हल्ला र अफवाहको पछाडि नलाग्न भन्दे प्रम ओलीले धैर्यवान बन्न र आतंकित नहुन पनि अपिल गरे । ‘सबैले जिम्मेवार नागरिकको भूमिका निभाउन प्रम ओलीको आग्रह थियो ।
सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने भएको छ । देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिने पनि प्रधानमन्त्रीले बताए ।
प्रतिकृया दिनुहोस्