नेपाल लकडाउनः घरबाट निस्किन नपाइने, गाडी र जहाज सबै बन्द
चैत १० काठमाडौं ।
कोरोना भाइरस रोकथासम्बन्धी उच्चस्तरीय समिति बैठकले मुलुकलाई एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको समितिको बैठकले मंगलबार बिहान ६ बजेदेखि देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको हो । नयाँ प्रबधान अनुसार अव मंगलबार बिहानदेखि एक सातासम्म कोही पनि घर बाहिर निस्कन हिडडुल गर्न पाउँदैन ।
सरकारले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालयका प्रमुखले बिदा दिन निर्देशन दिएको छ ।
यस्तै, उक्त निर्णयको ५ नम्बर बुँदामा भनिएको छ,’औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने ।’
लक डाउनका क्रममा सार्वजनिक सवारी साधनदेखि हवाइसेवा पनि बन्द हुनेछन् । यसक्रममा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सहितका अत्यावश्यक सेवाका सदस्यले मात्रै आवतजावत गर्न पाउने छन् । लकडाउनका क्रममा अनुमति लिएका मानिस र सवारी साधनले मात्रै आवतजावत गर्न पाउने बताइएकोछ ।
प्रतिकृया दिनुहोस्