April 18, 2025, Friday
[nepali_today_date]

कोरोनाका कारण अमेरिकाका चर्चित नाटककार टेरेन्स मेक्नलीको मृत्यु

कोरोनाका कारण अमेरिकाका चर्चित नाटककार टेरेन्स मेक्नलीको मृत्यु

चैत १२, काठमाडौं ।
एजेन्सी
विश्वभर फैलिएको कोरोना भाइरसका कारण अमेरिकाका चर्चित समलिंगी नाटककार टेरेन्स मेक्नलीको ८१ वर्षको उमेरमा मृत्यु भएको छ ।

उनको अमेरिकाको फ्लोरिडामा मृत्यु भएको हो । उनले चार पटकसम्म टोनी पुरस्कार जितेका थिए । उनले करिब तीन दर्जन नाटक लेखेका छन् ।

क्यान्सर रोगसँग लडिरहेका उनको फोक्सोको एउटामात्र भाग क्यान्सरबाट जोगिएको थियो । यस्तै क्रोटिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरबाट पनि उनी जोगिदै आएका थिए ।

Advertisement