लकडाउनको दोस्रो दिनः काठमाडौ सुनसान (फोटो फिचर)
चैत १२, काठमाडौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण राजधानी सुनसान भएको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि सरकारले अत्यावश्यकबाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेको दास्रो दिन काठमाण्डौ लगायतका तीनै जिल्ला सुनसान भएका हुन् । पहिलो दिन सडकमा खटिएको प्रहरीले घरबाट निस्किएकालाई सम्झाएको थियो। तर दोस्रो दिन सडकमा निस्किनेलाई पक्राउ गरेर हिरासतमा लिइरहेको छ।
पसल, व्यवसाय, उद्योग, कलकारखाना, सवारी साधान सबै ठप्प भएका छन् । पैदलयात्रुको आवतजावतमा समेत कडाइ गरेपछि सडक सुनसान छ । फाटफुट सडकमा हिँडडुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले रोक लगाएको छ ।
सरकारले लकडाउन घोषण गरे पनि पहिलो दिन प्रसस्तै मात्रामा सवारी चलाएपछि तनावमा परेको उपत्यका दोस्रो दिन बिहानैदेखि थप कडाइ गरेपछि सडक सुनसान भएको हो । दैनिक हजारौँ मानिसको आवत जावत र किनमेल हुने उपत्यकाका बजारमा यतिखेर मानिस देख्न मुस्किल छ ।
सरकारले कोभिड १९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रणका लागि चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक हप्ता सर्वसाधारण घर बाहिर निस्कन नपाउने गरि रोक लगायसँगै उपत्यकका तीनै जिल्ला सुनसान भएका हुन् ।
प्रतिकृया दिनुहोस्