सगरमाथामा अलपत्र परेका १७ विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार
- वाणिज्य न्युज
- १३ चैत्र २०७६
१३ चैत, काठमाडौं ।
सगरमाथा क्षेत्रमा अलपत्र परेको १७ विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बुधबार र बिहीबार गरी १७ विदेशी नागरिकलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको पर्यटन विभागले जनाएको छ ।
बुधबार पाङबोचे र कोथेबाट एयर डाइनेष्टीले दुई वटा उडानमार्फत् १० विदेशीको उद्धार गरेको हो ।
यसैगरी बिहीबार (आज) पनि ५ विदेशीको उद्धार गरिएका र अन्य २ जनाको उद्धार गर्ने हेलिकप्टर पठाइएको छ । सिम्रिक एयर र एयर डाइनेष्टीको दुई वटा उडानबाट उद्धार हुँदै छ । खाना नपाएर र विरामी भएर अलपत्र परेका उनीहरुलाई सरकारको सहमतिमा उद्धार गरिएको हो ।
प्रतिकृया दिनुहोस्