January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

बैंकका सिमित शाखाबाट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुने

बैंकका सिमित शाखाबाट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुने

चैत १३, काठमाडौं ।
अति आवश्यक बैंकिङ तथा वित्तीय संस्थाहरु आजदेखि निश्चित समयका लागि खुल्ने भएका छन् । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि आज बैंक नगद कारोबारका लागि निश्चित रुपमा खुल्ने भएका हुन् ।
नेपाल बैंकर एशोसियसनका अनुसार बैंकका सिमित शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुनेछ । उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले हिजो अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सूचारु गर्न निर्देशन दिएसँगै निश्चित समयको लागि खुल्ने भएका हुन् ।
बैंक बन्द हुँदा नागरिकलाई नगदको समस्या पर्न थालेपछि नेपाल राष्ट्र बैंकलेसमेत बैंकहरुलाई नगद अभाव हुन नदिने प्रबन्ध मिलाउन निर्देशन दिएको थियो ।
राष्ट्र बैंकले सकेसम्म विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

Advertisement