स्वाथ्यकर्मीलाई प्रधानमन्त्रीको आग्रहः थप सामग्रीहरु उपलब्ध हुँदैछन, धैर्य गरौं
चैत १३, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सहभागि हुन चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरुलाई आग्रह गरेकाछन् ।
प्रधानमन्त्री ओलीले सामाजिक संजाल मार्फत थप सामाग्रीहरु उपलब्ध हुने भन्दै अहिलेको अवस्थामा मौज्दात सामाग्रीबाटै परीक्षण र उपचारमा खटिन आग्रह गरेकाहुन् । उनले सरकार स्वास्थ्यकर्मीको साथमा रहेकाले चिन्तित नभई काम गर्न भनेकाहुन् ।
समाजिक संजालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘चिकित्सक तथा प्राविधिक साथीहरु, हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं, तपाईंहरुको सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन, धैर्य गरौं । कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं, सरकार तपाईंहरु सँगै छ, चिन्तित नहोऔं ।’
सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिड–१९ बच्ने सामग्री नभएको समाचार आएपछि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीहरुलाई आश्वस्त पार्न खोजेका हुन् ।
प्रतिकृया दिनुहोस्