January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

प्रशासनले आज शुक्रवार थप कडाई गर्ने संकेत

प्रशासनले आज शुक्रवार थप कडाई गर्ने संकेत

चैत १४, काठमाण्डौ ।
कोरोना भाइरस (कोभिड १९) एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सिङ्गो घरपरिवार र आफन्तको लागि लकडाउन पालना गर्न सरकारले आग्रह गर्दै आएकोमा ‘लकडाउन’को चौथो दिन शुक्रबार यस्लाई थप कडाई गर्ने भएको छ ।
देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीमात्र चलिरहेका छन् । अरु गाडी भने चलाउन रोक लगाइएको प्रशासनले आज शुक्रवार थप कडाई गर्ने संकेत गरेको छ ।
मङ्गलबारदेखि आउँदो मङ्गलबारसम्म देशभर लकडाउनको घोषणा गरेकाले अति आवश्यक नपरि घरबाहिर ननिस्कन पनि सरकारले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको अनुमति बिना चलेका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बेलुकीमात्रै छोड्ने गरेको छ । यस्तै कानुन अनुसार एक हजार रुपैयाँसम्म जरिबाना पनि तिराउने गरिएको प्रहरीले जनाएको छ । प्रहरीले कोरोना सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएकाले पालना गर्न सबैमा अनुरोध गरेको छ ।

Advertisement