May 15, 2025, Thursday
२०८२ जेष्ठ २

बेलायतमा प्रधानमन्त्री नै कोरोना संक्रमित

बेलायतमा प्रधानमन्त्री नै कोरोना संक्रमित

चैत १४, काठमाडौं ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन् । प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन् ।
‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ,’ जोन्सनले भनेका छन् ।
बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरस देखिएको छ भने ५ सय ७८ जनाले ज्यान गुमाएको विविसीले समाचार लेखेको छ ।

Advertisement