विगत २४ घण्टामा कोरोना संक्रमण बाट विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना पुग्यो
चैत १६, काठमाडौ ।
कोरोना संक्रमण (कोभिड(१९) बाट विगत २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबै भन्दा धेरै इटालीमा मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ भने एकै दिन आठ सय ८९ जना कोरोनाको काराण मृत्यु बरण गर्नु परेको छ ।
इटालीपछि स्पेनमा एकै दिन ८ सय ४४ जनाको मृत्यू भएको छ । भने स्पेनमा पाँच हजार ९ सय ४७ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा ५ सय १५ थपिएर मृतकको संख्या २ सय १२ पुगेको छ अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार ४ सय २८ पुगेको छ । पछिल्लो विवरण अनुसार विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ५१ पुगेको छ । विश्वभर ६ लाख ६२ हजार ९ सय ६७ जनालाई कोरोना संक्रमण भइसकेको छ । त्यस्तै, १ लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि निको भइसकेका छन् । एजेन्सी
प्रतिकृया दिनुहोस्