लकडाउन’को उल्लघंन गर्ने ५५ महिला र १५५ जना पुरुष प्रहरी नियन्त्रणमा
’ चैत १६,काठमाडौ. ।
कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको ’लकडाउन’को उल्लघंन गर्ने ५५ महिला र १५५ जना पुरुषलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार एकाबिहानै उनीहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यलय, रानीपोखरी जनाएको छ । प्रहरीका अनुसार ’लकडाउन’ उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर समान्य क्लास दिएर छाडिने छ ।
यसैगरी प्रहरीले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन नागरिकसमक्ष आग्रह गरेको छ । प्रहरीले हिजो दिनभर उपत्यकामा ’लकडाउन’ उल्लघंन गर्ने करिब ५ सय जनालाई नियन्त्रणमा लिएको सामान्य क्लास दिएर छाडेको थियो ।
प्रतिकृया दिनुहोस्