January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

उपत्यका बाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु

चैत १६, काठमाडौ ।
सरकारले काठमाडौं उपत्यका बाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु गरेको जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजिक संजालमा उपत्यका बाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमूना परीक्षण सुरु गरिएको जानकारी दिएका छन् ।
ज्ञवालीले अन्य ठाउँमा पनि चाँडै विस्तार गरिने उल्लेख गरेका छन् । ज्ञवालीले ट्वीटरमा लेखेका छन, ’अत्यावश्यक स्वास्थ्य सामग्री आइपुगेका छन् । धरानबाट नमूना परीक्षण सुरू भएको छ, छिटै अन्यत्र पनि विस्तार गरिँदैछ । सीमा होलान, तर विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारी विरुद्ध सरकार सम्पूर्ण शक्तिकासाथ लागेको छ । विनम्र अनुरोध अहोरात्र खटिरहेकाहरूलाई साथ दिनोस्, हौसला दिनोस्।’
७ वटै प्रदेशमा मोबाइल ल्याब सञ्चालन गरिने तयारी गरेको समय ज्ञावालीले यस्तो लेखेका हुन् ।
यसअघि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस संक्रमण भए नभएको नमूना परीक्षण गरिँदै आएको थियो । प्रदेशबाट थ्रोट स्बाब यहाँ पठाएर देशभरको परीक्षण हुँदै आएको छ । चीनबाट मोबाइल ल्याब लगायत सामग्री आएसँगै प्रदेश पठाइने तयारी स्वास्थ्य मन्त्रालले गरेको छ ।

Advertisement