January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

रुपन्देहीको कोरोना विशेष अस्पतालमा मृत्यु भएका युबकको कोरोना प्रमाणित हुन बाँकी

चैत १६, काठमाडौं ।
कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ । रुपन्देहीको
बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनको मृत्यु भएपनि कोरोना नै हो भन्ने प्रमाणित भएको छैन् ।
उनी हालै वैदेशिक रोगजारीपछि संयुक्त अरब इमिरेट्सको दुबईबाट चैत ६ गते काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए । शुक्रबार उनलाई बुटवलको कोराना अस्पतालको आईसोलेनमा राखिएको थियो । उनको स्वाव रिपोर्ट नआएकोले गर्दा संकाको भरमा मात्र कोरोना भएको भन्न नमिल्ने अस्पतालले जनाएको छ ।
उनको स्वाव परीक्षणका लागि काठमाडौ पठाइएको तर रिपोर्ट आइनसकेको अस्पतालले जनाएको छ । ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वाब आज मात्र परीक्षणका लागि काठमाडौं पठाएको छ । काठमाडौंबाट रिपोर्ट आएपछि मात्र उनलाई कोरोना लागे नलागेको प्रमाणित हुनेछ ।

Advertisement