January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

सरकारको राहत प्याकेजः विद्युत महसुल, खाद्यान्न देखि घरभाडासम्म छुट

सरकारको राहत प्याकेजः विद्युत महसुल, खाद्यान्न देखि घरभाडासम्म छुट

चैंत १६, काठमाडौं ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणले मासिक १ सय ५० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महशुलमा २५ प्रतिशत छुट दिने, विद्युत खानेपानी र इन्टरनेटको फागुन र चैत महिनाको महशुल २०७७ बैशाख मसान्तमा बुझाएमा विलम्ब र अरु जरिवाना नलिने निर्णय गरेको छ । 

Advertisement

 यस्तै विद्युत प्राधिकरणको बचत भएको विद्युत खपत गर्ने उद्योगलाई ३० देखि ५० प्रतिशत महशुल छुट दिने पनि सरकारले निर्णय गरेको छ । सरकारले स्लिफोन सेवा कम्पनीले लकडाउन अवधीधिमा डाटा तथा इन्टरनेटमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

Advertisement

मन्त्रीपरिषदको बैंकले महामारी प्रत्यक्ष रुपमा खटिने स्वास्थ्यकर्मीको असारसान्तसम्मको लागि २५ लाखको बीमा गर्ने निर्णय गरेको छ । 

यस्तै, मन्त्रिपरिषद्कै बैठकले मदिरा आयातमा पनि रोक लगाइउने निर्णय गरेको छ। मरिच, सुपारी, केराउ, छोकडा आयातमा पनि रोक लगाइएको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

त्यस्तै, स्वास्थ्यसम्बन्धी सामग्ी आयात गर्दा सरकारले भन्सार शुल्क नलिने निर्ण गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमा जानकारी गराए । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको हो ।

सरकारले एक महिनाको घरभाडा छुट दिन घरबेटीसँग आग्रह गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमणबाट प्रभावितलाई सहयोग गर्न भन्दै एक महिनाको घरभाडा छुट दिन आग्रह गरेको हो । 

त्यसरी घरभाडा छुट दिने घरबेसीसँग घरबहाल कर समेत नलिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यो व्यवस्था व्यवसायिक र घरयासी प्रयोजनका दुवै ग्राहकको हकमा लागु हुनेछ । त्यसरी घरभाडा छुट दिने घरबेटीसँग उक्त महिनाको घरबहाल कर समेत नलिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।