January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

वीर अस्पतालमा युबतीको मृत्यु भएपछि कोरोना संक्रमणको आशंका, पुष्टी हुन भने रिपोर्ट आउनुपर्ने

वीर अस्पतालमा युबतीको मृत्यु भएपछि कोरोना संक्रमणको आशंका, पुष्टी हुन भने रिपोर्ट आउनुपर्ने

१७ चैत, काठमाडौं ।
कोरोना भाइरस संक्रमणको आशंकामा काठमाडौंको वीर अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु भएपछि अस्पताल परिसरमा खैलाबैला मच्चिएको छ ।
उनलाई सोमबार बिहान बेहोस अवस्थामा ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको वीर अस्पतालले जनाएको छ । चन्द्रागिरि नगरपालिका १५ की ती युवती गत सातामात्रै भारतबाट आएको बताइएको छ ।
अस्पताल लैजादा उनलाई ज्वरो आउनुका साथै श्वास फेर्न समेत समस्या रहेको थियो । उनको नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको छ । रिपोर्ट नआएसम्म उनलाई कोरोना लागेको स्पष्ट हुँदैन ।

Advertisement