एनसेलले बुझायो सरकारलाई दोस्रो किस्ता स्वरुप ४ अर्व ६० करोड
१८ चैत, काठमाडौं ।
निजी क्षेत्रको मोबाइल सेवाप्रदायक संस्था एनसेलले सरकारलाई पुँजीगत लाभकरका दोस्रो किस्ता बुझाएको छ । एनसेलले मंगलबार ठूला करदाता सेवा कार्यालयमा ४ अर्ब ६० करोड रुपैंया लाभकर दाखिला गरेको हो । सर्वोच्च अदालतले एनसेललाई २२ अर्ब ४५ करोड रुपैंया भुक्तानी गर्नुपर्ने गरी पुँजीगत लाभकर निर्धारण गरेकोमा एनसेलले उक्त कर तिर्न स्विकार गर्दे किस्ता सुविधा माग गरेकोमा दोस्रो किस्ता बुझाएको हो ।
यसअघि, पुस १५ गते एनसेलले प्रथम किस्तास्वरुप ४ अर्ब ५० करोड रुपैंया बुझाएको थियो । यो रकमसँगै एनसेलबाट पुँजीगत लाभकर स्वरुप ९ अर्ब १० करोड रुपैंया भुक्तानी भएको छ । एनसेलले अझै १४ अर्ब ४० करोड रुपैंया बुझाउन बाँकी रहेको छ ।
प्रतिकृया दिनुहोस्