एकपल्ट चीनबाट मेडिकल सामग्री खरिद गरिसकेको ओम्नीटेकको टेण्डर रद्द
१९ चैत, काठमाडौं ।
सरकारी मापदण्ड नै पुरा नभएको कम्पनी प्रमाणित भएपछि स्वास्थ्य सेवा विभागले ओम्निटेकसँगको सम्झौता रद्द गरेको छ । कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने मेडिकल सामग्रीको टेण्डरमा ब्यापक विवाद भएपछि सरकारी मापदण्ड खोज्दै जाँदा समान आपूर्ती गर्ने अधिकार नै प्राप्त नगरेको प्रमाणित भएपछि टेण्डर नै रद्ध गरेको हो ।
स्वास्थ्य सेवा विभागले सूचना प्रविधिको काम गर्ने ओम्निटेक कम्पनीलाई मेडिकल सामग्री आपूर्तिको ठेक्का दिएको थियो । जुन कम्पनी बाणिज्य विभागमा दर्ता समेत नभएको पाइएको छ । बाणिज्यमा दर्ता नै नभएपछि उस्ले एक्जिम कोण समेत लिएको छैन् ।
विभागले चीनबाट खरिद गरिएको मेडिकल किट, पीपीई लगायतका मेडिकल सामग्रीको टेण्डर रद्द गरेको हो । आइसकेको मेडिकल सामानको बारेमा के कसरी भुक्तानी गर्ने भन्ने टुंगो नलागिसकेको विभाग स्रोतले बताएको छ । एक लट सामान आइतबार आइसकेको छ । चीनबाट खरिद गरिएको मेडिकल सामग्री धेरै महंगो भएकोबारेमा ब्यापक बिरोध भएकाले टेण्डर रद्द गर्ने निर्णयमा विभाग पुगेको हो ।
ओब्की समूहलाई स्वास्थ्य उपकरण खरिद गर्न दिने १३ चैतमा भएको हो । समूहलाई १८ प्रकारका सामान खरिदको अख्तियार दिइएको थियो । यो सम्झौता १ करोड ३ लाख ३३ हजार डलर अर्थात १ अर्ब २४ करोड नेपाली रुपैयाँ बराबरको रहेको छ ।
२३ फागुनमा टेन्डर हालेका १९ वटै कम्पनीले सामान तुरुन्तै आपूर्ति गर्न नसक्ने भएपछि यो समूहलाई खरिद अधिकार पाएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ लगायतले कोभिड–१९ रोकथाम तथा व्यवस्थापनको सामग्री आपूर्तीको विवरणमा हस्ताक्षर गरेका थिए ।
प्रतिकृया दिनुहोस्