चेम्बरले दियो ट्राफिक प्रहरीलाई मास्क र पञ्जा
- वाणिज्य न्युज
- २१ चैत्र २०७६
चैत २१, काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले ट्राफिक प्रहरीलाई दुई हजार पाँच सय थान मास्क र पाँच सय पञ्जा सहयोग स्वरुप उपलब्ध गराएको छ । कोरोना भाइरसको महामारीको जोखिमबाट बच्न ड्यटीमा खटिएका ट्राफिक प्रहरीहरु असुरक्षित रहेको पाइएपछि चेम्बरले उक्त समग्री प्रदान गरिएको हो ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष दीपक मल्होत्राले ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाललाई भेटी शुक्रबार उत्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
आजै चेम्बरले प्रहरी मुख्यलयमा गएर पाँच हजार मास्क पनि सहयोग गरेको छ । कमर्शले प्रदेशमा पनि माक्सहरु वितरण नर्गे जनाएको छ ।
प्रतिकृया दिनुहोस्