नेपाललाई ३ अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण
चैत २६, काठमाडौं ।
विश्व बैंकले कोरोना भाइरस विरुद्ध आपतकालीन कार्य तथा स्वास्थ्य प्रणाली सुधारका लागि नेपाललाई ३ अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका स्वास्थ्य सामग्री तथा उपकरण खरिद, सघन उपचार कक्ष र आइसोलेसन वार्ड स्थापनामा उक्त खर्च गरिने छ ।
प्रतिकृया दिनुहोस्