May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

नेपालमा लकडाउन भएको २० दिन पुग्यो, विश्वमा कहाँ कति दिन लकडाउन भयो ? (यस्तो छ विवरण)

नेपालमा लकडाउन भएको २० दिन पुग्यो, विश्वमा  कहाँ कति दिन लकडाउन भयो ? (यस्तो छ विवरण)


चैंत ३०, काठमाडौं ।
सरकारले विश्वब्यायी कोरोना संकटबाट बच्नको लागि लगाएको लकडाउन आज २० औं दिनमा जारी छ । चैत ११ गते बिहान ६ बजेबाट सुरु भएको लकडाउन आइतबार आज २० औं दिनमा जारी रहेको हो ।

Advertisement


लकडाउनका कारण राजधानीका सडक सुनसान छन् । विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ । आइतबार पनि विगतदिन जस्तै अत्यावश्यक सेवा र पासबाहक गाडीबाहेक अन्य सवारी सञ्चालनमा आएका छैनन् ।

Advertisement


प्रहरीले लक डाउनका समयमा हिड्नेहरुलाई कारवाही गरिरहेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले तेस्रोपटक गरेको घोषणा गरी लकडाउन वैशाख ३ गतेसम्म जारी राख्ने बताएको छ ।


कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् । वैशाख ३ गतेपछि पनि लकडाउन लम्बिन सक्ने संकेत सरकारले गरिसकेको छ । सरकारसँग पनि लकडाउन बाहेकको अर्को विकल्प छैन् । विश्वमा यही नै उत्तम उपचार विधि मानिएको समय नेपाल सरकारको पनि अर्को विकल्प नदेखिँदा लकडाउन फेरी केही हप्तासम्म निरन्तरता पाउँने पक्का छ ।


शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई निरन्तरता दिने र सीमा नाकामा कडाई गरिने बताएपछि यस्ले केही दिन निरन्तरता पाउँने पक्का छ ।


लकडाउन हुँदा विश्वभरको आर्थिक क्षति अतुलनीय भएपनि रोगबाट जोगिनका लागि कडा कदम अघि सारिएको छ । लकडाउनकै कारण नेपाल सरकारले १ खर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरिसकेको जनाइएको छ । नेपालमा २० दिन बिताईरहँदा विश्वमा चै कहाँ कती समय लकडाउन भएको छ त्यो हेरौं ।


कहाँ कति लकडाउन ?
भारत २१ दिन
भारतले २४ मार्चदेखि १४ अप्रिलसम्म सम्पूर्ण देशमा लकडाउनको घोषणा गरेको छ । भारतले थप बढाउने बताइसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अझै लकडाउन थप्ने बताई सकेका छन् ।


चीन ७६ दिनमा मुक्त
चीनले २ महिना १६ दिन अर्थात ७६ दिनपछि लकडाउन अन्त्य भएको घोषणा गरेको छ । सन् २०१९ डिसेम्बरमा कोरोना संक्रमित देखिएको चीनमा संक्रमति भेटिएको करिब १ महिनापछि १० जनवरी २०२० मा पूर्ण रूपले लकडाउनको घोषणा शुरु भएको हो । चिनले वुहान शहरलाई केन्द्रित गरि २० वटा शहरहरूमा लकडाउनको घोषणा गरेको थियो ।


इटालीमा ५३ दिन हालसम्म कोरोनाको संक्रमणको कारणले अमेरिका पछि सबैभन्दा बढी मृत्यु हुने राष्ट्र इटाली हो । यहाँ इटालीले ढिलो गरी लकडाउन नीति अवलम्बन गर्दा धेरै क्षति बेहोर्नु परेको थियो । १० मार्चदेखि लागू हुने गरी लकडाउनक घोषणा १३ अप्रिलसम्म राखिएकोमा पुनः बढाएर ३ मेसम्म कायम गरिएको छ । यस हिसाबले इटालीमा करिब ५३ दिन लकडाउन हुनेछ ।


स्पेन ३२ दिन
एक महिना लकडाउन भइसकेको स्पेनमा फेरि थप्ने तयारी गरिएको छ । यहाँ धेरै क्षति भएकाले गर्दा लकडाउन थप्ने तयारी फेरी पनि भैरहेको छ । स्पेनले १४ मार्चमा सम्पूर्णमा लकडाउनक घोषणा गरेकामा त्यसलाई लम्ब्याउँदै १२ अप्रिलसम्म र्पुयाएको छ ।


जर्मनी २२ दिन
जर्मनीमा सोसियल कर्फ्यूू भनिएको छ । २७ जनवरीमा जर्मनीमा कोरोना भाइरसका बिरामी फेला पारिएको थियो । २० मार्चबाट निरन्तर लकडाउन लगाइएको छ ।


फ्रान्स ३० दिन
फ्रान्स सरकारले उक महिनाको लकडाउन गरिसकेको छ । कोरोना संक्रमित फ्रान्समा २४ जनवरीमा संक्रमण देखिएको थियो । सुरुवातमा १४ मार्चमा सम्पूर्ण लकडाउनको घोषणा गरेको फ्रान्सले हालसम्म लकडाउन गरिरहेको छ ।


बेलायत २१ दिन
२४ मार्चमा ३ हप्ते लकडाउनको घोषणा गरे पनि ३० मार्चमा आवश्यक परेमा ६ महिनासम्म लकडाउनको अवधि बढाउन सकिने बेलायतले जनाएको छ ।


नर्वे ३१ दिन
नर्वेमा कोरोना संक्रमित फेब्रुअरी महिनामा देखिएको थियो । संक्रमित देखिएको २० दिनपछि अर्थात् १६ मार्चदेखि १५ अप्रिलसम्म लकडाउनको अवधि बढाइएको छ ।


बेल्जियम ३४ दिन
४ फेब्रुअरीमा कोरोना भाइरसको लक्षण देखिएकामा १७ मार्चदेखि १९ अप्रिलसम्म लकडाउन बढाइएको छ । यो अवधि पार गर्दा यहाँ १ महिना २ दिनको लकडाउन अवधि हुनेछ ।

डेनमार्क २७ दिन डेनमार्कले पनि लकडाउनको अवधि १८ मार्चदेखि लागू गरेकामा १३ अप्रिलसम्म बढाएको छ ।