April 21, 2025, Monday
[nepali_today_date]

कृष्णबहादुर महरा विवाद पछिको ’उन्मुक्ति नै उन्मुक्ति’

कृष्णबहादुर महरा विवाद पछिको   ’उन्मुक्ति नै उन्मुक्ति’

केशव दाहाल
सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोप लागेको छ । संसदमै काम गर्ने एक विवाहित महिला कर्मचारीको कोठामा मदिराले लट्ठ भएर उनकै कोठामा गएर यौन दुर्ववहार गरेको आरोप पीडितले लगाएकी छिन् । सभामुख महराले भने समायोजनको रिस पोख्नलाई कठपुतली तयार पारिएको स्पष्टीकरण दिएका छन् । जे भएपनि उनको राजनीतिक उचाइ यतिखेर नराम्ररी घटेको छ । जुन स्पष्टिकरणसँगै अवको महराको बाटो के हुने भन्नेमा प्रश्न समेत उठेको छ । महराको जस्तै खालको आरोप अरुलाई लागेको भए यतिबेलासम्म प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइसकेको हुन्थ्यो । तर दुई तिहाइको सरकारको पार्टीबाट सभामुख निर्वाचित भएका व्यक्ति हुनाले अहिलेसम्म ‘प्रहरीले डेरामा आएर सबै फोटो, भिडियो खिचेर गएको’ छ, तर उजुरी नआएको भन्दै बस्नुले यो पल्ट पनि महरामाथि भएको विवादले ’उन्मुक्ति’ पाउने त होइन आशंका पैंदा गरेको छ । छानबिन हुन बाँकी नै रहेकाले घटनाको परकम्पको असर उनको निजी जीवनमा कुन हदसम्म पर्ला भन्ने अझै स्पष्ट छैन् । तर ’नैतिक पतन हुने फौजदारी’ आरोपको पहिलो धक्काले महरालाई यतिखेर नराम्ररी झारेको छ । उनी नेपाली राजनीतिमा सबैभन्दा उच्च पदासीन नेपाली नेता बनेका छन् । नेपाली राजनीतिक मैदानबाट बाहिरिन बाध्य भएको परिदृश्य बाहिर आएको छ ।
हुनत यस्ता केसहरुमा मिलेसम्म चुप नमिलेपछि इस्यु बनाउने गरिन्छ । कुरा नमिलेपछि इस्यु बनेको महरा नै आफै नैतिक पतनकै बाटोमा गएका हुन त्यो भने समयले नै बताउँछ । तर आरोप लागिसकेपछि त्यो आरोप सही हो कि गलत हो भनेर प्रष्ट पार्न पनि अनुसन्धान हुनु जरुरी छ । यौन दुराचारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख महरा आफैमा विवाद रहित ब्याक्ति भने होइनन् ।

Advertisement

राजनीतिलाई नै कमाइको स्रोत बनाउँने नेपाल जस्तो मुलुकमा उनी केही हदसम्म विवाद रहित नै थिए । त्यही भएर पनि कम्युनिस्ट राजनीतिमा करिब चार दशकदेखि सकृय उनी पार्टीको केन्द्रीय राजनीतिमा उनको उत्थान तुलनात्मक रूपमा अन्य नेताभन्दा छिटो भएको देखिन्छ ।
२०४८ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला सेक्रेटरी भएका उनी त्यही वर्ष प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा ३२ वर्षका थिए । २०५० सालमा उनी संयुक्त जनमोर्चाको संसदीय दलको नेता थिए । जबकि हरिबोल गजुरेल, हरिभक्त कँडेल, पम्फा भुषाल, देव गुरुङ, टोपबहादुर रायमाझी, अग्नि सापकोटा, लोकेन्द्र विष्ट, मातृका यादव लगायतका नेता त्यसबेलाको डेढ दर्जनको केन्द्रीय समितिमा थिए । त्यस समय उनको पाटी केन्द्रमा कुनैपनि लोखाजोखा थिएन् । उनले महराले भने २०५३ सालमा मात्र केन्द्रीय समितिमा प्रवेश पाएका हुन् । त्यसयता उनले कुनै पनि समय पाटीमा पछि फर्केर हेर्नु परेन् । त्यसपछि लगातार उनको राजनीतिक उन्नति हुँदै गयो ।
पोलिटब्युरो सदस्य, आफूभन्दा पहिले केन्द्रीय सदस्य बनेका अग्नि सापकोटा र टोपबहादुर रायमाझी सदस्य रहेको सरकारसँगको पहिलो वार्ता टोलीको संयोजक, पार्टी प्रवक्ता हुँदै उनले महत्वपूर्ण जिम्मेवारी पाए । शान्तिवार्तामा माओवादीको नेतृत्व गरेका उनी माओवादीभित्र संसदीय मर्यादा र अभ्यास बुझेका नेता मानिन्थे । पार्टीको संसदीय दलको नेताको जिम्मेवारी समेत पाएका महराले अन्तरिम सरकारको प्रवक्ता देखि उपप्रधानमन्त्री बन्ने अवसर समेत पाए । राजकीय जिम्मेवारीमा अहम् भूमिका निर्वाहको मौका पाएका महरा एकपछि अर्को शाक्ति उन्मादमा रमाउँदै गए । एकीकृत नेकपा माओवादीको हेटौडामा २०६९ सालको माघमा भएको सातौँ महाधिवेशनबाट महरालाई नेतृत्वको उत्तराधिकारीको रूपमा नै हेरियो । छोटो समयमै धेरैलाई पछि पार्दै प्रभावशाली बनेका महराको सम्भावित उदयलाई लिएर प्रचण्ड खेमा भित्रैको एउटा समूह शंकाको नजरले हेर्नेै गरेको थियो । जसरी उनी राजनीतिमा एकपछि अर्को गर्दे उचाई चुम्दै गए त्यो भन्दा तीव्र रुपमा दुई दिनमा नै उनको राजनीति उचाई ढलेको छ ।

Advertisement

चाइनिजसँग पचास करोड
प्रधानमन्त्रीको चुनाव लगातार अनिर्णित भइरहेका बेला १० वर्षअघि एउटा फोनवार्ताको गम्भीर विवादमा परेका थिए । चिनियाँ भनिएका नागरिकसँग ५० करोड रुपैयाँ माग गरेको उक्त फोनवार्ताबारे छानबिनको माग भएको थियो । त्यो उनको व्यक्तिगत राजनीतिक जीवनमा मात्र नभई सिङ्गो नेपाली राजनीतिको कुरूप अनुहार उजागर रहेको थियो । धेरैले त्यसलाई नेपाली नेताहरूले बाह्य शक्तिसँगको साठगाँठ र लाभ लिएको ठहर गरे । सञ्चार मन्त्रालयको जिम्मेवारीमा रहँदा उनको कार्यकाल विवादमुक्त रहेन । टेलिकम कम्पनी र ठूला व्यापारिक साझेदासँगको हिमचिमलाई लिएर उनको आर्थिक छविमाथि प्रश्न उठाइयो ।

अस्थाई शिविर घोटला
सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीमा कैयौँ नेता कार्यकर्ता ’सांस्कृतिक विचलन’ लगायत अनुशासनहीनता र आर्थिक अनियमितताको आरोपमा दण्डित भएका थिए । त्यही दलभित्रका धेरैलाई अनौठो लाग्ने गरी राजनीतिक छलाङ्ग लगाएका महरा देशकै पाँचौँ उच्च मर्यादाक्रमको ओहदामा लिए त्यस भित्रको एक कारण थियो प्रचण्डको सामिप्यता । यही कारणले गर्दा उनी राजनीतिक उचाईमा मात्र पुगेनन् अस्थायी शिविरको घोटलामा समेत सङलिए । सबैभन्दा ठूलो त माओवादी अस्थायी शिविरमा भएको भनिएको ठूलो आर्थिक अनियमिततालाई लिएर प्रश्नहरू उठाइए । स्वयम् माओवादीको हेटौडा महाधिवेशनमा कार्यकर्ताले नाराबाजी गरे तर प्रचण्डका दह्रो साथ पाएका महराको केही विगार गरेन ।

इसाईको आशीर्वाद
ईसाई धर्मगुरूबाट आशीर्वाद लिएको तस्बिरलाई लिएर पनि महरा विवादमा तानिए । तर तस्बिरको अनर्थ लगाइएको भन्दै त्यसको खण्डन गरिएको थियो ।