May 15, 2025, Thursday
२०८२ जेष्ठ २

मेलबर्न इस्टिच्युट अफ टेक्नोलोजीमा अध्यानरत विद्यार्थीकालागि शेष घले परिवारको १२ करोड ३० लाख रुपैयाँ सहयोग

मेलबर्न इस्टिच्युट अफ टेक्नोलोजीमा अध्यानरत विद्यार्थीकालागि शेष घले परिवारको १२ करोड ३० लाख रुपैयाँ सहयोग

बैशाख ५, काठमाडौं ।
गैरनेपाली संघका पुर्व अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङले १२ करोड ३० लाख रुपैयाँ सहयोग गर्ने भएका छन । यो सहयोग मेलबर्न इस्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा अध्ययनरत विद्यार्थीका लागि भएको घले ले जनाएका छन् ।


घले दम्पतीले ‘सद्भाव कोष’ नाम दिएर यो रकम उपलब्ध गराउँने भएका छन् । हालै बसेको एमआईटी बोर्ड बैठकले घले दम्पतीले राखेको आर्थिक सहयोगको प्रस्ताव पारित गरेको छ ।


घले परिवारले घोषणा गरिएको सहयोग कोषबाट एमआइटीमा अध्ययनरत हरेक विद्यार्थीलाई ५०० डलरसम्म पाउँने छन् । जुन सहयोग त्यहाँ अध्यानरत विद्यार्थीको लागि ठूला राहत हुनेछ । घले सन् २०१८ देखि निरन्तर अष्ट्रेलियाको डलर अर्बपति सूचीमा छन् । उनले दिने भनिएको यो सहयोग एमआईटीमा अध्यायनरत नेपाली विद्यार्थीले पाउको सबैभन्दा ठूलो सहयोग हो ।

Advertisement