May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

एनआईसी एशियाको अनलाईनमार्फत बीमा खरिदका लागि डिजिटल पोर्टल सञ्चालनमा

एनआईसी एशियाको अनलाईनमार्फत बीमा खरिदका लागि डिजिटल पोर्टल सञ्चालनमा

बैशाख, १८ काठमाडौं ।
एनआईसी एशिया बैंकले अनलाईनमार्फत बीमा खरिदका लागि छुट्टै डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा डिजिटल पोर्टल सञ्चालनमा ल्याएको हो ।
कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि बैंकले डिजिटल पोर्टल सञ्चालन ल्याएको जनाएको छ । बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधैं उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर सो बैंकको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहकले घरमै बसी अनलाईनबाटै बीमालेख किन्न सक्छन् ।

बैंकले आफ्ना ग्राहकलाई यस्तो विपत्तीको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको हो । कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख १ लाख रुपैयाँ र दोस्रो श्रेणीको बीमालेख ५० हजार रहेको छ । यसलाई किन्न प्रतिव्यक्ति क्रमशः १ हजार र ५ सय लाग्ने बैंकले जानकारी दिएको छ । पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः ६ सय र ३ सय रुपैयाँमा यस्ता बीमांक किन्नसक्ने व्यवस्था छ ।

Advertisement